नियम
परियोजना स्वीकृत गराउनु पर्ने
– मन्त्रालयले कुनै परियोजना कार्यान्वयन गर्न उपयुक्त देखेमा देहायका विवरणहरु खुलाई परियोजना स्वीकृतिको लागि नेपाल सरकार
समक्ष पेश गर्नु पर्नेछ –
(क) परियोजनाको नाम,
(ख) परियोजना ऐनको दफा ३ मा उल्लिखित कुन तरिकाबाट कार्यान्वयन गरिने हो सो कुरा
(ग) परियोजना नेपाल सरकारको स्वीकृत नीति, वार्षिक कार्यक्रम वा चालू पञ्चवर्षीय योजनामा परे वा नपरेको,
(घ) परियोजना नेपाल सरकारबाट कार्यान्वयन गर्न सकिने वा नसकिने र नसकिने भए त्यसको कारण,
(ङ) परियोजना निजी लगानीमा कार्यान्वयन गर्न सम्भव र उपयुक्त देखिएका आधार,
(च) परियोजना कार्यान्वयनको लागि दातृ संस्थास“ग कुनै किसिमको सहयोग माग गरिए वा नगरिएको र माग गरिएको भए त्यस्तो सहयोग प्राप्त हुने वा नहुने,
(छ) परियोजनाको सर्वेक्षण भए वा नभएको र सर्वेक्षण भएको भए त्यसको अनुमानित लागत,
(ज) निर्माण भइसकेको वा चालू अवस्थामा रहेको कुनै परियोजनाको सञ्चालन निजी लगानीमा गरिने भए सो परियोजनाको चालू अवस्था,
(झ) एकै प्रकृतिका एक भन्दा बढी परियोजना कार्यान्वयन गर्ने भए त्यस्ता परियोजनाको प्राथमिकता,
(ञ) अन्य आवश्यक कुराहरु ।